पागल भोगीराज



एउटा पागल मान्छे
जो छन्
ऊ ढुंगामा ज्ञान देख्छ
ज्ञानमा संसार चलेको देख्छ
र नै, मुन्दुमको
गहिराइसम्म खोतलखातल पारेर
ज्ञानको दियो बाल्छ
यसरी अलिखित दर्शन
लिखित बनाएर
असल कोशेढुंगा साबित हुन्छ
उनै लेखक
स्वघोषित पागल
हुन पुग्दारहेछन्
‘रिसर्च’ अथवा अनुसन्धान
भन्ने कुरा
कुनै ठोकुवा गरेजस्तो होइन
कुनै काल्पनिक सोच नभएर
यो त यथार्थताको प्रतीक थियो
यसमा डुबिसकेपछि
मानिस चेत
पागलसरह बन्नुपर्छ
स्वयम् पागलझैं गरेर
डुबिरहनुपर्ने हुन्छ
र, मात्र साँस्कृतिक मोतीको पकड
खोतल्न सम्भव हुन्छ
आममानिसको जस्तो
सतही उत्खननले सम्भव थिएन
यसरी डुबेर
चैतन्य बाँच्छ
भन्ने यकिन गरेर
त्यो मानिस मूर्खसरह लाग्छ
जिद्दीसाथ होमिन्छ
ऊमात्र गहिराइबाट
ज्ञानको ज्योति उमार्न सक्छ
र, धरतीलाई उपहार टक्य्राउँछ
जसको मूल्य बेहिसाब हुन्छ
उनलाई त ऊर्जाको विभूषणले
सम्मानित तुल्याउनुपर्छ
हो, त्यस्तो पागलपन
हरहमेसा बाँचिरहनुपर्छ
पागल होइन, साध्यहरूमाझ
सजिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्