खोटाङ । मानिस क्यान्सर रोगले आतंकित छन् । यसको अन्तिम र प्रभावकारी उपचार प्रणाली विकास भइसकेको छैन । सुरुको चरणमा रहेको क्यान्सर त ठीक गर्ने क्षमता वैज्ञानिकसँग छ । तर, तेस्रो, चौथो चरणमा पुगिसकेको क्यान्सर ठीक पार्न सकिँदैन ।
वैज्ञानिकहरूले क्यान्सरबारे अनेक अनुसन्धान गरिसकेका छन् । गर्दै छन् । सन् २०१६ मा चाहिँ क्यान्सर रोक्ने भाइरस निर्माण गर्न वैज्ञानिकहरू सफल भए । क्यान्सर रोग भाइरसकै कारण लाग्छ । यस्तो भाइरसले हाम्रो शरीरको इम्युन सिष्टम (रोग प्रतिरोधात्मक) क्षमता कमजोर बनाइदिन्छ । अर्थात् हाम्रो रोग प्रतिरोधात्मक क्षमतासम्बन्धी काम गर्ने कोषमाथि आक्रमण गर्ने भएकाले तेस्रो, चौथो चरणको क्यान्सर ठीक पार्न गाह्रो परेको हो ।
तर, अहिले वैज्ञानिकहरूले क्यान्सर गराउने भाइरसलाई मोडिफाई गरेर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भाइरसमा परिणत गरिदिएका छन् । एमजेनले तयार गरेको ‘आईएमएलवाईजीआईसी’ नामक यो भाइरस हाम्रो शरीरको ट्युमरमा राखेपछि त्यसले क्यान्सर गराउने भाइरसलाई आक्रमण गरेर क्यान्सर ठीक पार्छ ।