किन यस्तो हुन्छ गाँठे कम्युनिस्ट पार्टीमा


जुवा भाँच्दै सिङ जुधाउँदा, एकै हलका गोरु
किसान रुन्छन धुरुधुरु, खितखित हाँस्छन् अरू
दुख्छ छातीमा, किन यस्तो हुन्छ गाँठे कम्युनिस्ट पार्टीमा ।

चरीजस्तै हवाईजहाज, उड्दै छ आकाशमा
कुस्ती खेल्दै पाइलटहरू देखाउँछन् तमासा
चट्याङ शिरैमा– रामराम भन्छन् जनता तर नेता भीरैमा ।

मनभित्र राखेका थियौं भर गरेका जोडी
जस्लाई दियौं ताला चाबी, उनैबाट चोरी
चड्कन गालामा, हाँडीगाउँको जात्रा कठै हाम्रै पालामा ।

(गीतकार राई प्रदेश १ का सांसद हुन् ।)

प्रतिक्रिया दिनुहोस्