एक माहुरीले आफ्नो जीवनकालमा चारपटक विश्व भ्रमण गर्छ । यस्तो सुन्दा तपाईंको दिमाग रन्थनायो ? पत्यार लागेन ?
एक किलोग्राम मह उत्पादन गर्न, कुनै पनि श्रमिक माहुरीले असाध्यै मिहिनेत गर्नुपर्छ । उसले लगभग ४० लाखवटा फूलको भ्रमण नगरी हुँदैन । त्यो भनेको कति हो थाहा छ ?
लगभग चारपटक विश्व भ्रमण गरेबराबर । यति भ्रमण गर्न कति गाह्रो होला ? विश्व साइकलयात्री पुष्कर शाहलाई सोध्नूस् त । साइकलमा एकपटक विश्व घुम्न कति गाह्रो होला ।
माहुरी फूलमा गएरमात्रै हुन्छ ? फूलको गुच्छामुन्तिर कचौरा थापिदिएर मह त झर्दैन । फूलको अमृत वा रस लिएपछि मह बनाउन त्यसलाई प्रशोधन गर्नु परेन ?
जस्तो : तोरी त फलाउनुभयो, तेल निकाल्न तेल पेल्ने मेसिनमा लैजानु परेन ? त्यस्तै हो । फेरि त्यसलाई सुरक्षित ठाउँ खोजेर घार बनाउनु परेन ? घारमा भण्डार गर्नु परेन ? तपाईंले फूलबारी, फूल देखेपछि कल्पना गर्नुहोला– ती प्रत्येक फूल मौरीले भ्रमण गर्छ । त्यो भनेको ?
तपाईंले ल्याप्पल्याप्प पार्ने मीठो मह, औषधीमा राखेर जीवन दिने मह तपाईंको जिब्रोसम्म पु¥याउन माहुरीले कति मिहिनेत, कष्ट, सुरक्षा अपनाउने रहेछ । माहुरीका प्रजातिअनुसार माहुरीको भ्रमण कुनैमा केही फरक पर्न भने सक्छ ।