सम्झनामा सोलुखुम्बु


दस वर्षअघि सोताङ सोलुखुम्बु पुग्ने मौका मिल्यो । काठमाडौंबाट पंक्तिकारसहित राष्ट्रगान लेखक व्याकुल माइला, वीरबहादुर राई, गायिका पार्वती राई, भद्रगोल किराती, चन्द्र वाम्बुले, गायक पूर्ण खालिङ, गौतम सागर राई, राज राई, नृत्यांगना बेली मगर र सोताङवासी (नाम सम्झन सकिनँ) लगायत थियौं ।

बीपी राजमार्ग खुलेको थिएन । काठमाडौंबाट चितवन, हेटौंडा हुँदै उदयपुरको कटारी पुग्यौं । तराई–मधेस आन्दोलन (हुनुपर्छ) ले हामी सवार सवारीसाधन कटारीबाट अघि बढ्न दिएन । राष्ट्रगान लेखक व्याकुल माइलाले यात्राको वास्तविकता सुनाएपछि हामी अघि बढ्यौं ।

घुर्मी, हर्ककपुर, हिलेपानी हुँदै ओखलढुंगा पुग्यौं । ओखलढुंगामा बास बस्यौं । भोलिपल्ट बाटो लाग्यौं । यात्रा जारी थियो । हामी सवार सवारीसाधन साबिक गार्मा गाउँ विकास समितिको जोरबौद्धमा रोकियो । हामी ओल्र्यौं । हाम्रो पैदल यात्रा सुरु भयो । बेलुका बूढीडाँडा पुग्यौं । बूढीडाँडाको बास स्मरणीय बन्यो । भोलिपल्ट बिहानै बाटो लाग्यौं । साँझमा सोताङ पुग्यौं । सोताङ पुगेको भोलिपल्ट सोताङ सांगीतिक उत्सव–२०६७ सुरु भयो ।


वैशाखको महिना । सांगीतिक उत्सवमा दूधकोसीपारिका साबिक पावै, सोताङ, छेस्काम, बुङ, गुदेल, लोखिम गाविसवासी मात्रै नभएर, खोटाङ र ओखलढुंगावासी सहभागी पनि देखिन्थे ।

प्रकृति संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले गरिएको सोताङ सांगीतिक उत्सव सम्पन्न भएको भोलिपल्ट पुनः बूढीडाँडामा बास पर्यो । त्यहाँबाट सल्लेरी पुग्यौं । त्यसबीचमा १० वर्षअघि खिचिएको तस्बिर यस्तो थियो ।

प्रतिक्रिया दिनुहोस्