दुर्छिम (खोटाङ) । विश्वका थुप्रै कम्पनीले स्वचालित कार परीक्षण गरिरहेका छन् । ती कम्पनीले केही हदसम्म सफलता प्राप्त गरिसकेका छन् । सो परीक्षणले चालकविना पनि कार गुड्न सक्छन् भन्ने प्रमाणित गरिससकेको छ ।
कारमात्रै होइन, चालकविना ठुल्ठूला ट्रकले समेत गह्रौं सामान ओसारपसार गर्न सक्ने भएका छन् । यससम्बन्धी परीक्षणमा पनि धेरै सम्भावना देखिएको भने सफलता हात लागेको छ ।
परीक्षणक्रममा केही समस्या देखापरेका थिए । समस्याले समाधान पनि सँगै ल्याएको हुन्छ भन्ने गरिन्छ । त्यसैले अब ठुल्ठूला ट्रकसमेत विनाचालक गुड्ने भएका छन् ।
सम्भवतः यथाशीघ्र स्वचालित ट्रक राजमार्गमा गुडेको देख्न पाइनेछ । यसका लागि थुप्रै कम्पनीले एकसाथ काम गरिरहेका छन् । ती कम्पनीले स्वचालित ट्रक सुरक्षित र कम खर्चालु हुने दाबी गरेका छन् । लामो समयदेखि ट्रक चलाइरहेका चालक ग्रेग मर्फीको भनाइ छ, ‘स्वचालित ट्रक मैले चलाएभन्दा बढी सुरक्षित हुनेछ ।’
सान फ्रान्सिस्कोको ओट्टो कम्पनीले चालक मर्फीलाई स्वचालित ट्रक परीक्षणका लागि सहयोगीका रूपमा नियुक्त गरेको छ ।