अल्जाइमरका बिरामीलाई रंगीन सामग्री


दुर्छिम (खोटाङ) ।  बुढ्यौली लागेपछि अल्जाइमरले समात्छ । यो रोग लागेपछि मानिसले स्मरण शक्ति गुमाउँछ । उसले कसैलाई र केही पनि चिन्दैन । अल्जाइमरले दुखाउँदैन । पीडा दिँदैन । तर, बिरामीको परिवारलाई भने दिनसम्म पीडा दिन्छ । अल्जाइमरका बिरामीलाई खाना खुवाउने, पियाउने, दिसा–पिसाब गराउन त्यति सजिलो हुँदैन ।

अमेरिकी सा याओले यस्तै समस्या भोगेकी थिइन् । उनकी हजुरआमालाई अल्जाइमर भएको थियो । हजुरआमालाई अल्जाइमर भएपछि उनलाई धेरै गाह्रो भयो । हजुरआमालाई खाना खुवाउनु त्यत्तिकै समस्या । हजुरआमाको अन्य स्याहारसुसार गर्नु त छँदै थियो । उनले हजुरआमाको स्मरण पुनः फिर्ता ल्याउन सकिन्छ कि भनेर अनेक कोसिस गरिन् । तर, सम्भव भएन ।

त्यसपछि उनले नयाँ उपाय निकालिन् । जुन उपाय अल्जाइमरका बिरामीलाई वरदान साबित भयो । उनले मस्तिष्कलाई प्रभाव पार्ने चम्किलो रङका थाल, बटुको, चम्चा आदि बनाइन् । उल्लिखित सामानले हजुरआमाले आफ्नो खानेकुरा र भाँडा छुट्याउन सक्ने भइन् । सा याओले ती भाँडाकुँडालाई राम्ररी खान सहयोग गर्ने सामग्री भनेर नाम राखिदिइन् । यति गरेपछि खाना खाने बेलामा हजुरआमालाई खास समस्या भएन । सा याओ भन्छिन्, ‘त्यसपछि हाम्रो परिवारमा फेरि खुसी छायो ।’

सा याओ

प्रतिक्रिया दिनुहोस्