कृत्रिम प्याङ्क्रियाज


दुर्छिम (खोटाङ) ।  नेपालमा मधुमेह अर्थात् डायबिटिजलाई धनीको रोग भनिन्छ । यसलाई चिनी रोग भनेर पनि चिनिन्छ । धनीको रोग भन्नुका कारण के रहेछ ? भने पोसिलो खानेकुरा खाने तर शारीरिक कसरतचाहिँ पटक्कै नगर्ने धेरैलाई यो रोग लाग्छ । त्यसैले शारीरिक काम र कसरत गर्नेलाई यो रोग कमै लाग्दोरहेछ ।

संसारमा १.२५ मिलियन मानिस मधुमेहग्रस्त छन् । मधुमेह लागेपछि नियमित रूपमा रगतमा चिनीको मात्रा नापिरहनुपर्छ । आवश्यक मात्रामा इन्सुलिन लिइरहनुपर्छ । तर, यो काम अस्पताल पुगेर डाक्टरलाई नियमित भेटेर गर्नुपर्दा हैरानी हुने नै भयो ।

मेडिट्रोनिकले नयाँ यन्त्र आविष्कार गरेको छ, जुन प्रयोग गरेर बिरामी आफैंले आफ्नो चिनीको मात्रा थाहा पाउन सक्छन् । अनि आवश्यकताअनुसार इन्सुलिन लिन सक्छन् । यसका लागि मेडिट्रोनिकले कृत्रिम प्याङ्क्रियाज निर्माण गरेको छ । आइपोड आकारको यो यन्त्र नाइटोवरिपरि राख्न सकिन्छ । यसले प्रत्येक पाँच मिनेटमा चिनीको मात्रा नाप्छ र आवश्यकताअनुसार शरीरमा इन्सुलिन पठाउँछ ।

यसका लागि रोगी स्वयम्ले यन्त्र चलाउनुपर्छ । यसलाई स्वचालित बनाउन अनुसन्धान भइरहेको छ । जसले गर्दा बिरामीले कृत्रिम प्याङ्क्रियाज राखेपछि त्यसले आवश्यकताअनुसार शरीरमा इन्सुलिन पठाउने काम गरोस् । कृत्रिम प्याङ्क्रियाजको नाम राखिएको छ– मिनिमेड ६७० जी ।

प्रतिक्रिया दिनुहोस्