मैले अघिल्लो २०१९ जुलाईदेखि २०२० जुलाईसम्म नेपालमा बिताएँ । चीनको युनान मिन्चु विश्वविद्यालयबाट एक वर्ष नेपाली भाषा पढ्नका लागि हामी १० जना चिनियाँ विद्यार्थी त्यहाँ गएका थियौं । हामीले त्रिभुवन विश्वविद्यालयको विश्व भाषा क्याम्पसमा पढ्यौं । गुरुहरूले हामीलाई धेरै कुरा सिकाए । मैले धेरै साथीहरू भेटें । विभिन्न ठाउँ घुमें । मैले धेरै राम्रा फोटाहरू पनि लिएकी छु । नेपालमा बस्दाका धेरै अनुभव छन् । म चितवन र पोखरा पनि गएँ । अझै धेरै ठाउँ जाने मन थियो । तर, कोरोना भाइरसको महामारीका कारण जान सकिनँ ।
पोखरा भ्रमण धेरै रमाइलो भयो । हामी काठमाडौंबाट पोखरा उड्यौं । चाँडै पुग्यौं । हामी फेवातालको सम्मुख बसेका थियौं । फेवाताल धेरै सुन्दर छ । पानी सफा छ । तालको किनारमा हरिया रूखहरू छन् । हामीले फेवातालमा डुंगा पनि चढ्यौं । डुंगामा चढेर हामी तालबीचमा रहेको सानो टापुमा गयौं । त्यहाँ हामीले नेपालीले विवाह समारोह पनि देख्यौं । नेपाली केटी (बेहुली) एकदम राम्री थिइन् ।
हामी डेभिस छाँगो गयौं । छाँगो ठूलो र सुन्दर रहेछ । हामी सूर्योदय हेर्न गयौं । सूर्य नआउन्जेल पहाडमा पख्र्यौं । आकाश सुनौलो र सुन्दर देखिन्थ्यो । हामी गुप्तेश्वर महादेव गुफामा गयौं । यो देवताको गुफा रहेछ । त्यो गुफा भूमिगत छ । गुफाको तल एउटा नदी छ । हामी विश्व शान्ति प्यागोडामा पनि गयौं । सेतो रंगको प्यागोडा अग्लो पहाडमाथि रहेको छ । त्यहाँबाट फेवातालको सुन्दर दृश्य देख्न सकिन्छ ।
हामी पोखराबाट चितवन गयौं । हामी चितवन राष्ट्रिय निकुञ्ज नजिकैको होटलमा बस्यौं । झ्याल खोल्दा चितवन राष्ट्रिय निकुञ्ज भित्रको हरियाली वन देख्न सक्थ्यौं । चितवनको मौसम धेरै गर्मी छ । गाइडले हामीलाई गैंडा र किसिम किसिमका चरा देखाउन लगे । जंगलबीचमा रहेको सानो नदीमा हामीले डुंगा चढ्यौं । त्यहाँ हामीले धेरै गोही देख्यौं । गोहीहरू पानीमा पौडी रहेका थिए । हामी हात्ती र तिनका सानो बच्चा हात्ती हेर्न गयौं । मैले सानो हात्तीलाई छोएँ । सानो हात्ती धेरै राम्रो थियो ।
काठमाडौंमा हामी स्वप्न बगैंचा गयौं । त्यो बगैंचा मूल रूपमा एकजना नेपाली सेनाको घर थियो । त्यो धेरै सुन्दर थियो । हामी पशुपतिनाथ मान्दिरमा गयौं । त्यो अत्यन्तै राम्रो ठाउँ हो । हामी बाँदर मन्दिर (स्वयम्भू : स्वयम्भूलाई चीनमा बाँदर मन्दिरका रूपमा चिनिन्छ) गयौं । त्यहाँ धेरै बाँदर छन् । बाँदरका बच्चा धेरै राम्रा छन् । स्वयम्भू अग्लो पहाडमा छ । त्यहाँबाट हामी काठमाडौं उपत्यका देख्न सक्छौं ।
नेपाल बस्दाका अनुभव धेरै छन् । नेपालको त्यो एक वर्ष अध्ययनको जीवन हो ।
(लेखक चीनको कुन्मिङस्थित युनान मिन्चु विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षकी छात्रा हुन् । उक्त विश्वविद्यालयमा स्नातक तहमा ऐच्छिक विषयका रूपमा नेपाली भाषा पनि पढाइन्छ । लेखक ऐच्छिक नेपाली विषय पढ्ने छात्रा हुन् । त्यहाँ नेपाली ऐच्छिक विषय पढ्ने विद्यार्थीले चारवर्षे स्नातकका क्रममा एक वर्ष त्रिवि, विश्वभाषा क्याम्पसमा पनि पढ्नुपर्छ । त्यहीक्रममा लेखक एक वर्ष नेपाल बसेकी थिइन् ।)