ए जिन्दगी तिमी छौ र त म पनि छु त उत्तर–दक्षिण, पूर्व–पश्चिम जताततै डौडिन पुग्न सकिरहेछौं तिमी नभएको भए यो सबै देख्न पाउँथ्यौं र ?
हर्कबहादुर भन्थ्यो– त्यो टोड्कामा बसेको दुई गुच्चाको गहिराइमा पनि समानता हुन्छ गुच्चा समुद्र हो समुदायको समस्या हेर्नलाई बनेको हो जब जबर्जस्त जन्मिन्छन् बालेन शाहहरू सडकहरूले पनि असहज मान्दारहेछन् गुडिरहेको मिनिट्रक
के–के व्यवसाय गर्छन्, कोही–कोही मान्छेहरू जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू जो तिरिरहेछन् सहजै, निरन्तर स्मार्ट जिन्दगीका किस्ताहरू । हामी बिचरालाई त खुसी – मीठो एक छाक लाग्छ सुख – बाँचिएकै
समयको किनारामा उभिएर जुन दिन लेख्नुभो समाचार एक गाँस रोटीसमेत खोसिएको थियो मानिलिनूस् तर पनि हतार–हतार डौडिएर कहीं, कतै लुक्नुभएन हुन चाहनुभएन पलायन अखबारदेखि भागेर लेखनप्रति वितृष्णा जागेन कतैबाट डर–त्रासको
धमिराले माटो माटोले मानिस त्यो मानिस यसरी तय हुन्छ ऊ माटोकै आवाज हुन् उनै भूपाल साक्षात छन् परजीवीविरुद्ध उभिएर ठिङ्ङ छ भानुभक्तको जस्तो भक्ति नखोजेर माटोसुहाउँदो युग कोरिरहेछन् उनै भूपाल
मेरो कविताको शीर्षककै नाममा एक्लाके छ यसमा मेरो दोष छैन, कारण जंगबहादुरको जातप्रथाले जरो गाड्यो विभिन्न नामको शासन व्यवस्थाले उही बाटो पछ्यायो र समाजमा चलन यै छ एक हिंसा वा
युवा उपन्यासकार भीष्मराज फुलाराको नयाँ कृति ‘टुहुरो कुण्डली’को पाण्डुलिपि हातमा परेपछि धेरै दिनसम्म मैले पढिरहें । कैयौं दिनसम्म ममा त्यसको प्रभाव परिरह्यो । उपन्यासले उठाएका सामाजिक यथार्थवादी घटना, परिघटनाले मन
ज्ञानी अहिले आठ वर्षकी भई । अहिले तनमन दिएर खुब सोच्दै, विचार गर्दै काँचको पुतली सिँगार्न लागेकी छे । बेलायती पुतलीमा कहाँ टीका हुन्छ र । उसले टीका लगाइदिई ।
प्रिय दुस्मन ! कृपा गरेर अब तिमी कहिल्यै अरू कसैको पनि नजिक नजाऊ ! तिमी आजीवन असीमित उत्तेजनाकै कारण असामान्य रूपमा उत्तेजित हुँदै गइरहेका हुन्छौ असीमित कुण्ठाको बूढो साँढे पालिरहेकै
यदि बिक्छ भने प्रेम यहाँ कोही देखाइदेऊ मलाई कहाँ बिक्छ प्रेम सस्तो मूल्यमा मलाईमात्र अब प्रेम किन्नु छ ! यो कथामा अहोरात्र अल्झिएको पात्र हुँ म म स्वयम् आफूलाई खुला
एउटा पागल मान्छे जो छन् ऊ ढुंगामा ज्ञान देख्छ ज्ञानमा संसार चलेको देख्छ र नै, मुन्दुमको गहिराइसम्म खोतलखातल पारेर ज्ञानको दियो बाल्छ यसरी अलिखित दर्शन लिखित बनाएर असल कोशेढुंगा साबित
गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यानमात्र होइन, हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले
‘ए सडक हो ! यौटा मानिस तिमीमाथि हिँड्दै छ म अटाइनँ तिम्रो फैलावटमा यसर्थ, म हुकुम गर्दछु अझै तिमीहरू– फाटिदेऊ, च्यातिदेऊ, फैलिदेऊ…’ – वैरागी काइँला (मातेको मान्छेको भाषण…) कि, यो
प्रसव वेदनाले छटपटिँदै बच्चा जन्माउँछिन् आमा ह्याफ्रेमा गरेर खुवाइन्छ पोसिलो झोल बच्चा र आमा दुवै स्वस्थ रहन्छन् राष्ट्रले कर्तव्यनिष्ठ आमा र सबल नागरिक पाउँछ एउटा सबल नागरिकले अस्तित्वको लडाइँबाहेक अरू
हामी वीर छौं तर बुद्धु छौं हामी बुद्धु छौं र त वीर छौं हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौं हामी महाभारतको कथामा वर्णित एकलव्य हौं प्रत्येक पुस्ताको द्रोणाचार्यले हामीलाई
मैले तिमीबाटै सिकें दुःख–सुख बाँड्न थाहा थिएन दुःख बाँडे घट्छ सुख बाँडे बढ्छ । मनभरि विषवृक्ष पालेर अनुहारमा अमृतको घैला रच्नुहुँदैन जुनी एकबारको हो फेरिफेरि आउँदैन तिमीबाटै सिकें मैले जीवनमा
सोह्र वर्षपछि मेरा आँखामा फर्किएको छ, त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक । सोह्र वर्षपछि फेरि युद्धबन्दी छ दिमागको किल्ला काटिएका छन् हातका औंलाहरू गायब
आदिवासीको सूचीमा पर्छ तिम्रोे नाम भिखारीदास सदा । हुनुपर्ने हो तिम्रै हातमा तराईको यो शस्य–श्यामल भूमि तर तिम्रो काँधमा खर्पन र हातमा फगत कोदालोसिवाय केही छैन तिम्रो सम्पत्तिको नाममा ।
खेत खन्न छाडेर भाँडा माझ्न छाडेर गिट्टी ओसार्न छाडेर मानिसहरू जात्रा भर्न निस्किसके स्कुल छाडेर कार्यालय छाडेर कारखाना छाडेर मन्दिर छाडेर मस्जिद छाडेर गुम्बा छाडेर मानिसहरू जात्रा भर्न निस्किसके गरिराखेका
लक्ष्मनियाँ ! तिमी लक्ष्मी हौ घरकी तिमी इज्जत हौ कुलकी तिम्रो बाबुको, तिम्रा दाजुभाइको सिंगै खानदानको नाक उनीहरूको अनुहारमा होइन तिम्रै आचरणमाथि अडेको छ ! साँच्चै बुझ तिमी इज्जत हौ