ज्ञानी अहिले आठ वर्षकी भई । अहिले तनमन दिएर खुब सोच्दै, विचार गर्दै काँचको पुतली सिँगार्न लागेकी छे । बेलायती पुतलीमा कहाँ टीका हुन्छ र
प्रिय दुस्मन ! कृपा गरेर अब तिमी कहिल्यै अरू कसैको पनि नजिक नजाऊ ! तिमी आजीवन असीमित उत्तेजनाकै कारण असामान्य रूपमा उत्तेजित हुँदै गइरहेका हुन्छौ असीमित कुण्ठाको बूढो साँढे पालिरहेकै
कस्तो होला तिम्रो सिक्किम हेर्न पा’को छैन गाउँले ठिटो गाउँले धन्दा फेर्न पा’को छैन । फेर्न पाए गाउँले धन्दा सिक्किम पुग्थें हुँला बाटो मिले ‘दोर्जेलिङ’मा थोरै रुक्थें हुँला, ‘भोटाङ’ पनि
तानमा धागो तुनेर बैंस खिपुँ कि ? चर्खा राख्ने सिकुवा दलान लिपुँ कि ? उसकै मायामा– ‘सिकुरिम्मा’ मै हुँ रे, मै रे ‘तयामा । उडिरै’छ भुँइकुइरो छोपी किरात गाउँ कुइरोकै
यदि बिक्छ भने प्रेम यहाँ कोही देखाइदेऊ मलाई कहाँ बिक्छ प्रेम सस्तो मूल्यमा मलाईमात्र अब प्रेम किन्नु छ ! यो कथामा अहोरात्र अल्झिएको पात्र हुँ म म स्वयम् आफूलाई खुला
एउटा पागल मान्छे जो छन् ऊ ढुंगामा ज्ञान देख्छ ज्ञानमा संसार चलेको देख्छ र नै, मुन्दुमको गहिराइसम्म खोतलखातल पारेर ज्ञानको दियो बाल्छ यसरी अलिखित दर्शन लिखित बनाएर असल कोशेढुंगा साबित
गोली हान्नका लागि बन्दुक ताक्दै गर्दा ‘कुनै पनि बहानामा हिंसा गर्नु पाप हो’ भन्ने आवाजले उसको ध्यानमात्र होइन, हात पनि आफूतर्फ खिच्यो । उफ ! लामो सास फेरेर फेरि उसले
‘ए सडक हो ! यौटा मानिस तिमीमाथि हिँड्दै छ म अटाइनँ तिम्रो फैलावटमा यसर्थ, म हुकुम गर्दछु अझै तिमीहरू– फाटिदेऊ, च्यातिदेऊ, फैलिदेऊ…’ – वैरागी काइँला (मातेको मान्छेको भाषण…) कि, यो
खुसी बोकी उनको सामु बस्न पाए हुन्थ्यो गोधूलि साँझ भञ्ज्याङ चढ्न पाए हुन्थ्यो । गोरेटोमै हराउने भो जिन्दगीको यात्रा धेरै भयो नभेटेको भेट्न पाए हुन्थ्यो । थोरै खुसी पैँचो पाए
प्रसव वेदनाले छटपटिँदै बच्चा जन्माउँछिन् आमा ह्याफ्रेमा गरेर खुवाइन्छ पोसिलो झोल बच्चा र आमा दुवै स्वस्थ रहन्छन् राष्ट्रले कर्तव्यनिष्ठ आमा र सबल नागरिक पाउँछ एउटा सबल नागरिकले अस्तित्वको लडाइँबाहेक अरू
हामी वीर छौं तर बुद्धु छौं हामी बुद्धु छौं र त वीर छौं हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौं हामी महाभारतको कथामा वर्णित एकलव्य हौं प्रत्येक पुस्ताको द्रोणाचार्यले हामीलाई
मैले तिमीबाटै सिकें दुःख–सुख बाँड्न थाहा थिएन दुःख बाँडे घट्छ सुख बाँडे बढ्छ । मनभरि विषवृक्ष पालेर अनुहारमा अमृतको घैला रच्नुहुँदैन जुनी एकबारको हो फेरिफेरि आउँदैन तिमीबाटै सिकें मैले जीवनमा
धेरै–धेरै वर्षअघि पहाडबीचमा भएको एक्लो घरमा हजुरआमासँगै दाजुबहिनी बस्थे । उनीहरू एकदमै गरिब थिए । खेतबारी थिएन । पैसा पनि थिएन । त्यसैले हजुरआमा आफ्नो घरभन्दा धेरै टाढा घट्टमा काम
कति तर्नु यो आँसुको शाली नदी मैले विनाजँघार तर्नैपर्ने खाली नदी मैले। दुई आँखामा दुईटा मुहान दुईटै पारी कुलो चिउँडो दोभान छाती कोसी बन्छ आफैं ठूलो यस्तो कोसी फड्को मारूँ
मुत्दुममा बाख्रालाई किरात राई समुदायले अपवित्र मान्नुुका कारणबारे चतुुरभक्त दुमी राई ‘निप्सुुङ पत्रिका’ (संवत् २०५९) मा लेख्छन्, ‘किरात पुुर्खा खक्चिलुपा र नागेलुम्को विवाहपछि छमदम अर्थात् किरात धर्म तथा संस्कृतिअनुसार तीन
सोह्र वर्षपछि मेरा आँखामा फर्किएको छ, त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक । सोह्र वर्षपछि फेरि युद्धबन्दी छ दिमागको किल्ला काटिएका छन् हातका औंलाहरू गायब
आदिवासीको सूचीमा पर्छ तिम्रोे नाम भिखारीदास सदा । हुनुपर्ने हो तिम्रै हातमा तराईको यो शस्य–श्यामल भूमि तर तिम्रो काँधमा खर्पन र हातमा फगत कोदालोसिवाय केही छैन तिम्रो सम्पत्तिको नाममा ।
खेत खन्न छाडेर भाँडा माझ्न छाडेर गिट्टी ओसार्न छाडेर मानिसहरू जात्रा भर्न निस्किसके स्कुल छाडेर कार्यालय छाडेर कारखाना छाडेर मन्दिर छाडेर मस्जिद छाडेर गुम्बा छाडेर मानिसहरू जात्रा भर्न निस्किसके गरिराखेका
लक्ष्मनियाँ ! तिमी लक्ष्मी हौ घरकी तिमी इज्जत हौ कुलकी तिम्रो बाबुको, तिम्रा दाजुभाइको सिंगै खानदानको नाक उनीहरूको अनुहारमा होइन तिम्रै आचरणमाथि अडेको छ ! साँच्चै बुझ तिमी इज्जत हौ
झुपडी छैन तर, तीनतले घर छ घरमा केही खाँदैन तर, होटलमा चौरासी व्यञ्जन खान्छ धर्म मान्दैन तर, मन्दिरमा पूजा गर्छ जात बराबर भन्छ तर, विभेद गर्छ नारी स्वतन्त्रताबारे बोल्छ तर,